काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई राष्ट्रिय स्वतन्त्र पार्टी देश निर्माणको यात्रामा अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको र यही यात्राको अर्को श्रृङ्खला जनयात्रा भएको रास्वपाको भनाइ छ ।
रास्वपाले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाइँमा आवाज अझ बुलन्द गर्ने बेला आएको जनाएको छ । ‘सत्तामा बसेकाहरूलाई तिमीहरूको अत्याचार अति भयो नसच्चिने भए सक्किन तयार बस भनेर शंखनाद गर्ने बेला आएको छ । गाउँ गाउँमा जाने बेला आएको छ । बस्ती बस्तीमा पुग्ने बेला आएको छ’, रास्वपाको भनाइ छ ।
कार्यक्रमको शुभारम्भ सभापति रवि लामिछानेसहितका नेताहरूको उपस्थितिमा हुने भनिएपनि त्यसअघि नै उनी शुक्रबार पक्राउ परेका थिए । सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार उनी पक्राउ परेपनि जनयत्रालाई जारी राख्ने गएराति बसेको रास्वपा केन्द्रीय सचिवालयको निर्णय गरेको थियो ।
पार्टीको घोषणाअनुसार चितवनबाट जनयात्रा शुभारम्भ गर्ने निर्णय भने लामिछानेकै अध्यक्षतामा चैत १८ मा बसेको बैठकले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग