चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्ने जनाइएको छ ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेक छन् । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।”
सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उनले अन्य दलहरु पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गर्नुभयो । चितवनबाट दिएको सन्देश देशभर छिटो प्रवाह हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा