काठमाडौ । सङ्घीय निजामती सेवा विधेयकको दफाबार छलफलमा संलग्न सरकारका उच्च पदस्थ कर्मचारीले आफूलाई समेत लाभ हुने गरी कानुनी व्यवस्था गरेको पाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले गोप्य छलफल गरेर तयार पारी सार्वजनिक गरेको निजामती सेवा विधेयकको प्रतिवेदन अनुसार कर्मचारीको उक्त इच्छालाई समिति सदस्यले समेत अनुमोदन गरेका हुन् ।
संवैधानिक र अन्य सरकारी नियुक्तिमा विधायिकाले नै कर्मचारीबिच विभेद हुने गरी कानुनी व्यवस्थामा सहमति गरेको हो ।
संवैधानिक आयोगमा नियुक्तिबाहेक अन्यका हकमा ‘कुलिङ पिरियड’ को व्यवस्था तात्त्विक रूपमा फरक नपर्ने गरी उपसमितिले प्रतिवेदन बनाएको हो । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० चैत्र २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित
कर्मचारीको दरबन्दी मिलाउन सरकारले थाल्यो गृहकार्य
कर्मचारीका अधिकांश गुनासा सरुवामा विभेद