काठमाडौँ । प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ ।मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो ।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । सांसद बोहराको मंगलवार उपचारका क्रममा निधन भएको छ ।
आजको प्रतिनिधि सभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरू विशेष कारणवश आजको क्रमसङ्ख्या १ देखि क्रमसङ्ख्या ८ सम्मका कार्यक्रमहरू सूचि हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको ब्यहोरा जानकारी गराउँछु।’
संसदको चालु अधिवेशन मंगलवार राति १२ बजेबाट अन्त्य हुँदैछ । बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराए । यससँगै बैठक बोहराको निधनमा शोक प्रस्ताव पारितसँगै सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग