काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
यसअघि गत आइतबार दुवै रिटको पेशी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्ग सुवेदीको इजलासमा तोकिएकोमा हेर्न नमिल्नेमा परेको थियो ।
गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
कुलमानसँग चिनियाँ दूतको भेट
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता