काठमाडौं । उर्जा जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार राती एउटा अर्थपूर्ण तस्वीर सार्वजनिक गरे ।
जेनजी आन्दोलनपछि झण्डै झण्डै गुपचुप रणनीतिमा बसिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँगको भेटको तस्वीर सार्वजनिक गदै उनले अर्थपूर्ण सन्देश पनि छोडे– ‘देश बनाउने अभियानमा सँगै छौं ।’
उनको यो सन्देश यस्तो बेला सार्वजनिक भयो , जुनवेला कैकल्पिक राजनीति गर्ने दुई पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको थियो । दुई पार्टीबीच एकीकरण भएका बेला र रास्वपासँग कुलमानको पनि एकता वार्ता चलिरहेको तर नतिजा आउन नसकिरहेका बेला घिसिङले बालेनसँगको भेटको तस्वीर सार्वजनिक गरेका हुन् । उनले देश बनाउने अभियानमा आफु र बालेन सँगै रहेको सन्देश दिएका छन् ।
घिसिङ शनिबार बालेनलाई भेटन उनकै निवास पुगेका थिए । त्यहाँ दुई नेताका बीचमा लामो र अर्थपूर्ण सम्वाद भएको यही तस्वीरले पनि देखाउँछ । कुलमान र रास्वपासहित आफु, धनगढीका मेयर गोपी हमाल लगायतका नेताहरु मिलेर आगामी चुनावमा जानुपर्ने पक्षमा बालेन छन् । त्यसका लागि मुख्यतः रास्वपाका रवि लामिछाने, काठमाडौंका मेयर बालेन साह र कुलमान घिसिङ बीचको एकता गनुपर्ने पक्षमा वैकल्पिक शक्तिहरुले आवाज उठाईरहेका छन् ।
कुलमानलाई अध्यक्ष बनाउने गरी सुरुमा यो शक्तिले प्रयास गरेपनि रावि लामिछानेले त्यसलाई अश्वीकार गर्दा एकता प्रक्रियाले सार्थकता पाउन सकेको थिएन । त्यसपछि कुलमानलाई आगामी चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने घोषणासहित एकता प्रयास भयो । त्यस पनि रास्वपाले नमानेको बताइएको छ ।
कुलमानलाई बरिष्ठ उपाध्यक्ष बनाउने गरी कार्यकारी अधिकार दिएर एकता प्रयास गर्ने भनेपनि त्यसमा पनि फलदायी वार्ता हुन सकिरहेको छैन । जसकाकारण एकता प्रक्रियाले मूतर्त लिन नपाईरहेका बेला रास्वपाले विवेकशील साझासँग एकताको प्रयास गरेको हो ।
यो एकता भएकै दिन कुलमानले बालेनलाई सँगै रहेको देखाएर रास्वपालाई सन्देश दिन खाजेको देखिएको छ । अवको दुई दिनभित्र एकता सम्भब नभए कुलमानले आफनो संरक्षणमा गठन गरेको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पार्टीको विधिबत घाषणा कार्यक्रम राखेको छ ।
त्यसको पूर्वसन्ध्यामा कुलमानको ब्यस्तता बढेको छ । उनी बैकल्पिक शक्तिहरुलाई अर्थपूर्ण सन्देश दिन चाहिरहेका छन् । त्यही क्रममा बालेनसँगको भेट र त्यसको तस्वीर योजनावद्द रुपमा सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
कुलमानसँग चिनियाँ दूतको भेट
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता
कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै
हेर्दाहेर्दैमा राखियो कुलमान र हितेन्द्र दुवैको रिट