काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग भएको छ । रास्वपाका नेता शिशिर खनालले यसअघि दुई पक्षबीच गरिएको सहमति भंग भएको जानकारी दिए ।
“उज्यालो नेपालसँग यसअघि भएको एकता भंग भएको छ । अब रास्वपा छुट्टै अगाडि बढ्छ,” उनले भने ।
पार्टी, पद सबै त्याग्दा पनि रास्वपाले ‘पेल्न’ थालेपछि दुई पक्षबीचको वार्ता नकारात्मक बन्दै गएको उज्यालो नेपालका एक नेताले बताए ।
“पार्टी, पद सबै त्याग्न तयार हुँदा पनि रास्वपाले पेलिरह्यो । समानुपातिकमा तलको तलै पार्नुभयो । समानुपातिक बन्दसूची सच्यायौँ भन्ने तर नपर्ने गरी ४ को ५, ५ को ६ मा झार्ने काम मात्रै भयो,” ती नेताले भने, “केन्द्रीय सदस्यमा पनि सुरुमा २१ जना आउनू भनियो । तर, अहिले १२ जना मात्रै ल्याउनू रे !”
ती नेताले अगाडि भने, “उज्यालो नेपालले मन्त्री, प्रधानमन्त्री सबै छोड्यो । महामन्त्री नभएर सहमहामन्त्री दिइयो, त्यो पनि ठिकै छ भन्यौँ । तर, कुनै पनि दृष्टिकोणबाट उज्यालो नेपाललाई समेट्न खोजिएन ।”
कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तन गर्नुपर्ने विषय आउँदो महाधिवेशनमा लैजानुपर्ने प्रस्ताव गरेको थियो । तर, रास्वपा पक्ष यो विषय मान्न तयार नभएको ती नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै