काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।
यहि मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिनेगरी दल दर्ता गर्ने निर्णय गरेको थियो । कार्यदलले आयोगमा दर्ता भएका पार्टीहरू मध्येबाट कुनै एक नाम राख्ने कि नयाँ नाम जुराएर दर्ता गर्ने विषयमा छलफल भएको तर निष्कर्षमा नपुगेको संयोजक बुढाले बताए ।
‘बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा दर्ता भएका पार्टीहरू अध्ययन पश्चात् हामी एउटा निष्कर्षमा पुग्छौँ । विभिन्न नामबारे छलफल भएको छ । नेकपा पहिले नै लोकनारायण सुवेदीको नाममा दर्ता भइसकेकाले त्यो नाम राख्न पाउँदैन । अध्ययनको निष्कर्ष आएपछि दल दर्ता गर्छौं’, उनले भने ।
अर्का स्थायी समिति सदस्य सन्तोष बुढाले विकल्पमा कर्णजित बुढाकै नाममा आयोगमा दर्ता भएको नेकपा(माओवादी समाजवादी) पार्टीलाई राखिएको बताए । उनका अनुसार समाजवादी पार्टी दल पनि आयोगमा धेरैले दर्ता गरेकाले यसबारे अहिले अध्ययनै रहेको छ ।
‘विकल्पमा कर्णजितको पार्टीलाई पनि राखेका छौँ । आयोगमा दर्ता भएका कुन कुन दल छन् । ती सबै अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । अध्ययनपछि आएको सुझावको आधारमा हामी निर्णयमा पुग्नेछौँ’, उनले भने ।
नेकपा(माओवादी समाजवादी) २०७८ फागुन १० गते आयोगमा कर्णजितको नाममा आयोगमा दर्ता भएको छ । चुनाव चिन्ह चिन्ह महिला पुरुष रहेको छ । पार्टी एकता भएपनि उनले आयोगमा दर्ता भएको दल निष्क्रिय बनाएका छैनन् । यस्तै नेकपा दल सुवेदीको नाममा २०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको छ । सुरुमा यो दल ऋषिराम कट्टेलको नाममा दर्ता थियो ।
सुवेदी र कट्टेलबिच विवादका कारण दल विभाजन भएपछि नेकपा सुवेदीले पाएका हुन् । सुवेदीसँग पार्टी एकता नगरी विप्लवले यो नाम पाउने छैनन् । रोचक कुरा २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बिच एकता हुँदा नेकपा आयोगका दर्ता गरेका थिए । तर, नेकपाविरुद्ध कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । २०७७ साल फागुन २३ गते अदालतले ओली–प्रचण्ड नामको नेकपा बदर गरेपछि साबिक पार्टीमा फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०८१, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय