काठमाडौँ । आज काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ ।
भद्रकालीमा कमान्ड सेन्टर, एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।
आवश्यकता अनुसार एसएसपी अधिकारीले कमान्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘एसएसपीको कमान्डमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्छौँ ।’
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ
प्यालेस्टाइन र इरानमाथिको हमलाविरुद्ध माओवादी र नेकपा एससहित १२ दलले काठमाडौँमा प्रदर्शन गर्ने
केन्यामा हिंसात्मक प्रदर्शनमा ११ जनाको मृत्यु, ५६७ जना पक्राउ
विलासी करको विरोधमा आज पनि सुनचाँदी व्यवसायीको प्रदर्शन
ने.वि.संघ अधिवेशन पक्षधरको प्रदर्शन
यातायात बन्द हुँदा पर्यटकले दु:ख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन