काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै कुलमान बर्खास्तीको विरोध गरेको हो । दिनको १८ देखि २० घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत अध्यारो युगको अन्त्य गर्दै देशलाई उज्यालो युगमा प्रवेश गराउने घिसिङलाई कार्यकाल सकिनु अगावै गरिएको बर्खास्ती आपत्तिजनक रहेको अध्यक्ष मोहन पौडेल र महासचिव दावा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
जनताको हजारौँ जनगुनासा र असन्तुष्टिहरूलाई सम्बोधन गर्न छाडेर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब नाफामा लैजाने र ब्यापारीहरुबाट प्राधिकरणको अर्बौँ बाँकी बक्यौता रकम उठाउन प्रतिबद्ध घिसिङमाथि गरिएको अन्न्यायपूर्ण निर्णयले वर्तमान सरकार जनताको नभएर बिचौलियाको सरकार भएको मञ्चको जिकिर छ ।
साथै मञ्चले समाजवादी मोर्चाको आयोजनामा चैत्र १५ गते भष्ट्राचार र बेतिथिको विरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौँमा हुन गइरहेकोले जनपर्दशनमा सहभागी हुन समेत सबैमा आह्वान गरेको प्रवक्ता जिपी लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ: कुलमान घिसिङ