काठमाडौँ । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ ।
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुर प्रसाद पनेरुको कमान्डको टोलीले चालक र सहचालकको उद्धार गरेको छ ।
यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ ।
सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली– काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति
चितवनमा त्रिशूलीको किनारमा खस्यो ट्रक
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ