मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्यो
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
त्रिशूलीमा ट्रक खस्यो
२ वटा एक्साभेटर र ३ वटा टिपर त्रिशूलीले बगायो
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता