त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली– काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, ०८ : ३२
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली–        काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति

File Photo

नुवाकोट ।  तिब्बत क्षेत्रमा पसेको वर्षापछि रसुवास्थित भोटेकोसीमा ठूलो बाढी आएको छ । जसका कारण कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस