काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली काँग्रेस सर्लाहीले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएको नेपाली काँग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई संरक्षण गरेको भन्दै जिल्लाका उपसभापति, क्षेत्रीय सभापति लगायतका पदाधिकारीहरूले प्रदर्शन गरेका हुन् ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि काँग्रेस सर्लाहीले सिंहलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको उपसभापति नवीन प्रसाद अधिकारीले बताएका छन् ।
उनीसहितको टोली सभापति शेरबहादुर देउवालाई निवेदन बुझाएर सभापतिबाट बर्खास्त गर्न माग गरेका छन् । उनीहरूले दुई बुँदे माग समेत राखेका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरी सजाय तोकेका नेपाली काँग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काँग्रेसको नवौँ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३को (ख) बमोजिम बरखास्त गर्नुपर्ने माग छ ।
त्यस्तै काँग्रेसको विधान बमोजिम सिंहलाई काँग्रेस सर्लाही जिल्ला सभापति पदबाट बरखास्त गरी तत्काल विधान बमोजिम सभापतिको चयन गर्न समेत माग राखेका छन् । उनीहरूले शुक्रबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका छन् । आज कार्यसम्पादन समितिको बैठक अहिले केहिबेरमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ चैत्र २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै