काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली काँग्रेस सर्लाहीले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएको नेपाली काँग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई संरक्षण गरेको भन्दै जिल्लाका उपसभापति, क्षेत्रीय सभापति लगायतका पदाधिकारीहरूले प्रदर्शन गरेका हुन् ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि काँग्रेस सर्लाहीले सिंहलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको उपसभापति नवीन प्रसाद अधिकारीले बताएका छन् ।
उनीसहितको टोली सभापति शेरबहादुर देउवालाई निवेदन बुझाएर सभापतिबाट बर्खास्त गर्न माग गरेका छन् । उनीहरूले दुई बुँदे माग समेत राखेका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरी सजाय तोकेका नेपाली काँग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काँग्रेसको नवौँ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३को (ख) बमोजिम बरखास्त गर्नुपर्ने माग छ ।
त्यस्तै काँग्रेसको विधान बमोजिम सिंहलाई काँग्रेस सर्लाही जिल्ला सभापति पदबाट बरखास्त गरी तत्काल विधान बमोजिम सभापतिको चयन गर्न समेत माग राखेका छन् । उनीहरूले शुक्रबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका छन् । आज कार्यसम्पादन समितिको बैठक अहिले केहिबेरमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ चैत्र २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष