गाजा। गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि शान्ति भंग भएर फेरि युद्ध सुरु भएकोमा थाइल्याण्डले निराशा व्यक्त गरेको छ। इजरायलले मंगलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण थालेपछि यो अवस्था आएको हो।
हमासले चलाएको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो युद्धविरामपछिको सबैभन्दा घातक आक्रमणमा ५०० भन्दा बढीको ज्यान गएको छ। थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार एउटा विज्ञप्ति निकाल्दै भनेको छ, ‘गाजामा फेरि शत्रुता सुरु भएकोमा हामी निकै चिन्तित र निराश छौँ।’ दक्षिणपूर्वी एशियाली यो देशले सबै पक्षलाई संयम अपनाउन, शत्रुता रोक्न र युद्धविराम तथा बन्धक सम्झौता लागू गर्न वार्ता फेरि सुरु गर्न आग्रह गरेको छ।
थाइल्याण्डले गाजामा रहेका एक थाइ नागरिकसहित बाँकी बन्धकको रिहाइ र दुई थाइ नागरिकको शव फिर्ताको माग गरेको छ। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा ३१ थाइ नागरिक अपहरणमा परेका थिए।
तीमध्ये २३ जना त्यही वर्षको अन्त्यसम्म रिहा भएका थिए भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो। जनवरीको युद्धविरामअन्तर्गत फेब्रुअरीमा थप पाँच थाइ नागरिक घर फर्केका थिए। अहिले एक थाइ नागरिक गाजामा जीवित रहेको अनुमान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा