दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेको प्रहरीले जनाएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका- १६, गुर्जे खोलामा ठोक्किएर भएको दुर्घटनामा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएकोमा उपचारका क्रममा सुवेदीको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते