एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ।
संघीय सरकारले जारी गरेको सूचनाअनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूलाई देश निकाला गर्नुभन्दा अघि नै बाहिरिन चेतावनी दिइएको छ ।
बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो ।
यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका हुन्।
यद्यपि, यो अवधिमा यीमध्ये कति आप्रवासीले अमेरिकामा कानुनी रूपमा बस्ने अनुमतिका लागि कानुनी आधार प्राप्त गरेका छन् भन्ने कुरा अझै स्पष्ट छैन।
यो कार्यक्रम पूर्वराष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गरेका थिए। पहिले यो भेनेजुएलाका जनताका लागि तयार पारिएको थियो, तर पछि अन्य धेरै देश यसमा सामेल भए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ चैत्र २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता