काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाइको सरकारले सात बुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनका लागि एक पाइला पनि चाल्न नसकेको बताएका छन् ।
कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले शुक्रवार आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा साउदले सत्तारुढ गठनबन्धनका तर्फबाट पनि संविधानका एजेन्डाहरू बाहिर ल्याउने काम गर्न नसकिएको बताएका हुन् ।
‘आज संविधान संशोधनको बाटोमा पनि दुई तिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन,’ पूर्व परराष्ट्रमन्त्री साउदले भने– ‘सत्तारुढ गठबन्धनकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौँ ।’
सरकार गठनका बेला कांग्रेस–एमालेले सात बुँदे सहमति पत्रमा काइते शैलीमा संविधान संशोधन उल्लेख गरेको उनको भनाइ छ। ‘कानुनी भाषामा अलिअलि काइते भन्ने शब्द प्रयोग गरिन्छ । त्यही काइते शब्दावलीमा सात बुँदेको २ नम्बरमा लेखिएको थियो– संविधानका सफल पक्षहरूलाई बलियो बनाउने, र कमी कमजोरीलाई हटाउने भनेर लेखिएको थियो,’ साउदले भने, ‘एजेन्डा खोलिएको थिएन । शासकीय स्वरूपका बारेमा एजेन्डा खोलिएको थिएन ।
समानुपातिकका बारेमा एजेन्डा खोलिएको थिएन । अन्य कुराका बारेमा पनि एजेन्डा खोलिएको थिएन । त्यसलाई अमूर्त रूपमा मात्रै प्रवेश दिएर प्रतिबद्धता व्यक्त गरिएको अवस्था थियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन: एनपी साउद
कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदकाे माग
निर्वाचनका लागि पार्टी तयार भएको छैन: एनपी साउद
संसदमा उठ्यो पाकिस्तानको उच्चस्तरीय सैनिक मण्डल नेपाल भ्रमणमा आएको विषय
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद