म्याग्दी । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्
बिहीबार साँझ धवलागिरि गाउँपालिका– २ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
दुर्घटनामा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
दुर्घटनामा पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो। देविनको भने लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन्।
उनीहरु सबैलाई लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै सदरमुकाम बेनी लगिएको थियो। त्यसमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई पोखराको मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएकाे छ।
ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते