काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्याउन आफूले सम्पर्क गर्न खोजेको भएपनि स्वास्थ्यमा समस्या आएर प्रचण्ड सम्पर्कमा आउन नसकेको बताए ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’
प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति