काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन्।
नेपालमा फेरि लोडसेडिङ हुने भनी जिम्मेवार व्यक्तिबाटै भाषणबाजी हुनथालेपछि घिसिङको यो प्रतिक्रिया आएको हो ।
बुधबार राष्ट्रिय सभा बैठकमा उपस्थित हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालमा अब लोडसेडिङ रोक्न नसकिने बताएका थिए।
तर घिसिङले भने राति पूरै पावर प्लान्टहरू चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।
‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। हाम्रा सबै पावर प्लान्टहरू राति चल्छन्’, उनले भने, ‘भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ। त्यसकारण लोडसेडिङ हुँदैन।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'