झापा । झापाको दमकमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
मनमोहन सामुदायिक अस्पताल विर्तामोडबाट विरामी लिएर विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१००२ च ०११५ नम्बरको एम्बुलेन्स गएराति करिब २ बजेतिर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २० का विशाल लिम्बू, १९ वर्षीय आरजु राई, ५१ वर्षीय मिना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू र २३ वर्षीया वर्षा लिम्बू घाइते भएका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
एम्बुलेन्स चालक विर्तामोड नगरपालिका- ५ का कमल अधिकारी पनि गम्भीर घाइते भएका छन्।
रातको समयमा तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते सबैको अहिले विर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते
बन्दीपुरमा ट्रक पल्टिँदा दुई जना घाइते
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते