काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मनोगत आरोप लगाउनेलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप लगाएको बताउँदै ती आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘सैद्धान्तिक छलफलमा केही मनोगत आरोप लगाउने काम भयो । सांसदहरूले सदनमा बोल्दा सत्य र तथ्यका आधारमा बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यो अनुसारका धारणा भएनन् कि मेरो बुझाइ छ,’ उपप्रधानमन्त्री पौडेलले भने ।
३१ राजश्व वृद्धिको लक्ष्य लिएर बजेट प्रस्तुत गर्दा पनि न्यूनतम आवश्यकता परिपूर्ति गर्न गाह्रो भइरहेको बताए । ११ हजार योजनाको कार्यान्वयन सुनिश्चितता हुने अवस्था नरहेको उनले संसद्मा जानकारी दिए । विधेयक बजेट अनुशासनमा फर्किनका लागि ल्याइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट