काठमाडौं। होलीको दिन भारतको बिहारको मुंगेर जिल्लामा भएको विवादमा प्रहरीका एएसआईको मृत्यु भएको छ । बिहार प्रहरी संघका अध्यक्ष मृत्युञ्जय कुमार सिंहका अनुसार होलीमा विवाद भएपछि मिलाउन गएका एएसआई सन्तोष कुमार सिंहको मृत्यु भएको हो ।
घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बीबीसी हिन्दीले जनाएको छ । 'सन्तोष कुमारको राति करिब ३ बजे उपचारको क्रममा मृत्यु भएको हो । यो घटना निकै दुखद छ। घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । साथै यस कार्यमा अरु को–को संलग्न छन् भनेर प्रहरीले पत्ता लगाउनुपर्छ,' बीबीसीसँग उनले भनेका छन् ।
नन्दलालपुर गाउँमा रक्सी पिएपछि एक समूहले हंगामा मच्चाएको खबर आएपछि उनी प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए । समाचारअनुसार घटनास्थलमा पुगेपछि हंगामा गर्ने समूहले उनीमाथि हमला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु