काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)लाई चुनौती दिएका छन्।
बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।
अहिलेको व्यवस्थाले देश बर्बाद भएको सबैले बुझेको उनको दाबी थियो । ‘तपाईंहरूसँग दुई तिहाइ छ । हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् । हामी समर्थन गर्छौं,' उनले भने, 'अनि चुनाव लडेर आऔं, जितौं । आफैं मन्त्री हुने र आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही