बिहार । बिहारको अररियामा एक अभियुक्तलाई पक्राउ गर्न गएका स्थानीय र प्रहरीबिच बुधबार झडपको क्रममा लडेर एक सहायक उप–निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजीव रञ्जन मल्ल रहेका छन् ।
राजीव रञ्जन मल्ल अररियाको फुलकाहा प्रहरी चौकीमा कार्यरत थिए। बुधबार राति फुलकाहा प्रहरी चौकीले लक्ष्मीपुर भन्ने गाउँमा एक अभियुक्तको उपस्थितिको बारेमा सूचना प्राप्त गरेको थियो । त्यसपछि प्रहरी चौकीको सम्पूर्ण टोलीले राति अबेर गाउँमा छापा मारेको थियो।
यसै क्रममा गाउँलेहरूले उनलाई धकेले जसमा उनी गम्भीर घाइते भएको अररियाका एसपी अञ्जनीकुमारले बीबीसीलाई जानकारी दिए । उनले भने, ‘फुलकाहा प्रहरी चौकीका एएसआई राजीव रञ्जन मल्ल लागुऔषध तथा हातहतियार ऐनअन्तर्गत एक अभियुक्तलाई पक्राउ गर्न गएका थिए।
फुलकाहा प्रहरी चौकीको सम्पूर्ण टोली उनीसँगै थियो। अभियुक्तलाई पक्राउ गरेपछि गाउँलेहरूले एएसआईलाई धकेलेर छुटाउन खोजे।
उनले थपे, ‘यसैबीच, राजीव रञ्जन लडे, उनलाई उपचारको लागि अस्पताल ल्याइयो, जहाँ उनको मृत्यु भयो। शवको पोस्टमार्टम भइरहेको छ। त्यसपछि मृत्युको कारण थाहा हुनेछ।’ झडपको क्रममा अभियुक्त भाग्न सफल भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो