एजेन्सी । पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ।
सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्। उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी (बिएलए)ले २१ बन्दी तथा चार सेनाको हत्या गरिसकेको थियो।
सेनाले त्यस क्षेत्रमा थप क्षति हुन नदिनका लागि सर्च अभियान चलाइरहेको जनाएको छ। सेनाका प्रवक्ताकै अनुसार अपहरणमा परेको रेलमा चार सय ४० जना यात्रु सवार थिए। सेनाले केही विद्रोही सेनाले यात्रु समेत लिएर पहाडी क्षेत्रमा गएको हुनसक्ने बताएको छ। आक्रमणको समयमा भागाभाग गर्ने क्रममा हराएका यात्रुको खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
बिएलए स्वतन्त्र बलुचिस्तानको माग गर्दै सङ्घर्ष गर्दै आएको समूह हो। सो समूहले त्यस क्षेत्रमा रहेको खनिजको श्रोतलाई सरकारले दुरुपयोग गरेको आरोप लगाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या