काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् ।
सोमबार निर्वाचन क्षेत्रमा एक मन्दिर शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताएका हुन् ।उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए ।
‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि जिकिर गरे ।आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाइ छ ।
‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भएपनि नभएपनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री सिंह