काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलसँग आर्थिक वर्ष ०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सहरी विकास मन्त्रालयको सभा हलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेको उपप्रधानमन्त्री सिंह सचिवालयले जनाएको छ।
सम्झौता गर्दा उनले कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिँदै इमानदारीपूर्वक पालना गर्न आग्रह गरे। उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल गर्न सकिएको छैन। समयमा योजनाहरू किन सकिएनन् ? कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो। समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो। पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दैन। गर्नुपर्ने काम समयमा गर्नुस्।’
सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय भएको भन्दै जनतालाई छिटो रिजल्ट दिनुपर्ने भन्दै काममा केन्द्रित हुन निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर आफ्नो भूमिका बहन गर्नुपर्छ’: उपप्रधानमन्त्री सिंह
‘राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ’ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह