काठमाडौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरता रोक्न नेकपा एमाले र नेपाली काँग्रेसबीच सात बुँदे सहमति भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन सिंहले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएका हुन् ।
‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन’ उनले भने, ‘जनताको अधिकार खोसिएको छ, त्यसको पुनर्वहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ ।’
पहिलेजस्तो अहिले राजनीति गरेकै आधारमा जेल जानु पर्ने र केही कुरा गुमाउने अवस्था नरहेको सिंहले बताए । उनले थपे, ‘पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो ।’
मन्त्रिपरिषद् हेरफेर हुने चर्चा भइरहेको बेला सिंहले ६/६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर सरकार अघि बढेको तर्क गरे ।उनले गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए ।
‘सरकारमा खाली मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आंकलन नगरौँ,’ उनले भने, ‘राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो ।’
उनले थपे ‘जनताले सरकारको बनेदेखि दिनगन्ती सुरु हुन्छ । सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो ।’
उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०८२, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर आफ्नो भूमिका बहन गर्नुपर्छ’: उपप्रधानमन्त्री सिंह
‘राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ’ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता, समयमै काम गर्न निर्देशन
उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह