एजेन्सी । हमास युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा सोमबार कतारको दोहामा शान्ति वार्ता हुँदै छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतले हमाससँगको सोझो वार्ता उपलब्धि मूलक हुने तथा यसको परिणाम यसै साता देखिने बताएका छन्।
ट्रम्पका दुत आदम बोस्चरले केही इजरायली सञ्चार माध्यमले उनको भनाइलाई अतिरञ्जित गरेको आरोप समेत लगाए। उनले यो कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन्।
वार्ता अगाडी नै इजिप्टले गाजाको पुनः संरचनाको योजना सार्वजनिक गरेको छ। पहिलो चरणमा तीन अर्ब अमेरिकी डलर तथा दोस्रो चरणको २० अर्ब अमेरिकी डलर बराबरको पुनः संरचना योजना इजिप्टले तयार पारेको हो।
युद्ध विरामका इजरायलले बन्दी बनाएका सबै जनाको रिहाइको विषयमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणका कारण गाजामा हालसम्म ७० हजारभन्दा बढी मारिए : हमास
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा