सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिक शास्त्र गरी सबै संकाय र स्कुलहरूबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।
प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरे ।कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा. डा. महेन्द्र पी लामा प्रमुख अतिथि रहेका थिए।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं संघसंस्थाको सहकार्यमा नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए ।
प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली