बारा । बारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।
गएराति कलैया उपमहानगरपालिका–१४ बघवनमा ना ६ ख ५०६७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा रौतहटको फतुवाविजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
दुर्घटनापछि चालक फरार छन्। बस भने प्रहरीले नियन्त्रणमा राखेको छ। चालकको खोजी भइरहेको पण्डितले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु