उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।
त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो ।
सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु