सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन्।
‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भएका थिए। त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरु भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए ।
आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौललगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ। अभियानलाई लक्षित गरी पूर्व–पश्चिम हुलाकी सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ। सर्लाहीको कार्यक्रम सकेर प्रचण्डसहितका नेताहरू आजै साँझ रौतहट प्रस्थान गर्ने तय भएको इन्चार्ज काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो पार्टीमा मात्रै सबैले खुला रूपमा कुरा राख्न पाउँछन्: प्रचण्ड
रुपन्देहीमा एक्लै लडेर राम्रो नतिजा ल्याउँछौ: प्रचण्ड
प्रचण्ड आज रुपन्देही जादै, के–के छन् कार्यक्रम ?
थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो : प्रचण्ड
लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रैसम्भव भएको हो : अध्यक्ष प्रचण्ड
विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ: प्रचण्ड