सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन्।
‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भएका थिए। त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरु भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए ।
आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौललगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ। अभियानलाई लक्षित गरी पूर्व–पश्चिम हुलाकी सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ। सर्लाहीको कार्यक्रम सकेर प्रचण्डसहितका नेताहरू आजै साँझ रौतहट प्रस्थान गर्ने तय भएको इन्चार्ज काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड