काठमाडौँ । काठमाडौँको शंकरापुरमा टहराभित्र छिरेर टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु घएको छ।
गएराति दशजना सुतिरहेको आश्रयस्थलमा छिरेको टिररले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
‘शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटारस्थित साँखु-ब्रम्हखेल सडककाे छेउमा रहेकाे आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ,’ एसपी बोहोराले भने, ‘उक्त टहरामा १० जना सँगै सुतेका भए पनि अरु सातजनालाई केही भएको छैन।’
द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गर्दै आएकाे जस्ताको टहराको आश्रयस्थलमा आज बिहान करिब पौने चार बजे बा २ क ६५८० नम्बर टिपर छिरेको हो। टिपरले किच्दा तीन जनाको मृत्यु भएको बोहराले बताए।
टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ वर्षका हरिजनको मृत्यु भएको हो। उनीहरुको स्थायी ठेगाना र थर खुलेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु