काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन ।
चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगलागी भएको हो ।
७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकरको प्रयोगमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरले जानकारी दिएको छ । हालसम्म ९० प्रतिशत आगो नियन्त्रणमा आएको बाँकी निभाउने कार्य जारी रहेको बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल। बौद्ध रामहिटिको दमकल र बुढानीलकण्ठ नगरपालिकाको दमकल आगो नियन्त्रणमा प्रयोग भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी