काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलवार साँझसम्म समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीति समीक्षा हो । उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको कसरतमा रहेका गभर्नर अधिकारीले ठूलो नीतिगत परिवर्तन नगर्ने तयारीको रहेको समेत बताइएको छ ।
गभर्नर अधिकारीले मौद्रिक नीति समीक्षाबारे मंगलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग समेत छलफल गरिसकेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने