काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । जसअनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बजारमा सुनको कृत्रिम अभाव
२४ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
२३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?