काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन् । ‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको खाई गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ (राजा)को विरोध गर्न पाइँदैन,’ आइतबार संसदमा बोल्दै सांसद शाहीले भने ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले राजालाई मानेको उनले स्मरण गरे । कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल भनेको उनले बताए ।
‘…आज भएका साथीहरू यी कांग्रेस हुन कि होइनन् भन्ने प्रश्न चिन्ह खडा भयो । आज राजालाई यो संसदमा विरोध गरियो । कमसेकम विपीको सिद्धान्तलाई त मानेको भए हुन्थ्यो,’ उनले भने ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक नपर्ने तर, सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ भनेको सांसद शाहीले स्मरण गरे ।
‘…आज मदन भण्डारीको विचार पनि बेचेर खाए आज यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन कि होइनन् भनेर प्रश्न गर्नुपर्ने अवस्था आयो,’ सांसद शाहीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएकाहरु नफर्केको पुष्टि भइसक्यो : ज्ञानेन्द्र शाही
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्यो : ज्ञानेन्द्र शाही