काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन् । ‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको खाई गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ (राजा)को विरोध गर्न पाइँदैन,’ आइतबार संसदमा बोल्दै सांसद शाहीले भने ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले राजालाई मानेको उनले स्मरण गरे । कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल भनेको उनले बताए ।
‘…आज भएका साथीहरू यी कांग्रेस हुन कि होइनन् भन्ने प्रश्न चिन्ह खडा भयो । आज राजालाई यो संसदमा विरोध गरियो । कमसेकम विपीको सिद्धान्तलाई त मानेको भए हुन्थ्यो,’ उनले भने ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक नपर्ने तर, सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ भनेको सांसद शाहीले स्मरण गरे ।
‘…आज मदन भण्डारीको विचार पनि बेचेर खाए आज यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन कि होइनन् भनेर प्रश्न गर्नुपर्ने अवस्था आयो,’ सांसद शाहीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही