काठमाडौं। प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले आफूलाई धम्काउने काम नगर्न चेतावनी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतकसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूमाथि अपमान गर्दै जाने हो भने संस्थागत रूपमै कानूनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
यस्ता गतिविधि तत्काल बन्द गर्न उनले चेतावनीसमेत दिएका छन् । 'राष्ट्रिय सभाका माननीय सांसदज्यूहरू, राष्ट्रिय सभाले एउटा निर्वाचित सांसदलाई तर्साउने र धम्काउने, संसद्मा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गर्दै जाने हो भने म पनि संस्थागत र नीतिगत रूपमा कानुनी उपचारमा जान बाध्य हुनेछु,' उनले लेखेका छन्, 'त्यसैले भन्दछु यस्ता गतिविधि तत्काल बन्द गर्नुस्। सत्य कुरालाई स्वीकार्नुस्।'
यसअघि उनले राष्ट्रिय सभालाई ‘वृद्धाश्रम’को संज्ञा दिएका थिए । शाहीले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट ‘हुबहु’ पारित गरेको जिकिरसहित रोष प्रकट गरेका थिए। त्यसपछि राष्ट्रिय सभाको आइतबारको बैठकले खेद प्रस्ताव पारित गरेको थियो । यसबारे प्रतिनिधि सभामा पनि प्रश्न उठेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'