काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘आइटी र प्रविधिको प्रयोग गर्छौँ । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तीव्रता दिन्छौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्ने पनि बताए । ‘हामीले आफ्नो मनोबललाई उच्च राखौँ । हामी गर्न सक्छौँ । कुनै पनि देश अर्काले आएर बनाइदिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाडि बढ्न सक्ने उनले बताए । ‘हामीले प्रयोग गर्ने ल्याकत अलिकति विकास गर्नुपर्छ । मोबाइल सबैको हातमा छ, मोबाइलको कसरी प्रयोग गर्ने भन्ने मात्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)