काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘आइटी र प्रविधिको प्रयोग गर्छौँ । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत प्रयोग गरेर विकास निर्माणलाई तीव्रता दिन्छौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्ने पनि बताए । ‘हामीले आफ्नो मनोबललाई उच्च राखौँ । हामी गर्न सक्छौँ । कुनै पनि देश अर्काले आएर बनाइदिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
प्रविधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाडि बढ्न सक्ने उनले बताए । ‘हामीले प्रयोग गर्ने ल्याकत अलिकति विकास गर्नुपर्छ । मोबाइल सबैको हातमा छ, मोबाइलको कसरी प्रयोग गर्ने भन्ने मात्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी