काठमाडौ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले वंशजको नागरिकता जसले पाएको छ, उसको नागरिकता क्यान्सिल गर्न नहुने बताएका छन् ।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफलका लागि पेस गरेको प्रस्तावउपर छलफलका क्रममा शाहीले एक पटकको नेपाली सदाको नेपाली हुनुपर्ने बताए ।
‘वंशजको आधारमा ज–जसले नागरिकता पाएका छन् । विदेशको नागरिकता लिएपनि तिनीहरुको नागरिकता क्यान्सिल गर्नु हुँदैन । किनकी तिनैका पुर्खाले बनाएको देश हो यो । र, आज हामी त्यही इतिहासमा उभिएर नेपालको सांसद, प्रधानमन्त्री र गृहमन्त्री भएको हो’, उनले भने ।
उनले जबजब देशमा क्रान्ति नाममा व्यवस्था परिवर्तन हुन्छ त्यसपछि वंशजको नागरिकता पाउनेको खोस्ने सरकारले विदेशीलाई चाहिँ नागरिकता बाँड्ने सौदाबाजी गर्ने गरेको जिकिर गरे ।
आज एनआरएनएहरुले नेपालमा खर्बौँ लगानी गर्न चाहिरहेपनि नेपालको नागरिकता समेत नहुँदा समस्या भएको बताए । ‘नागरिकता दिएको छ खास्टो, जसले फेरि नि भिसा लगाउनुसपर्छ । संसारको कुन देशमा हुन्छ हो त्यस्तो ?’, उनले भने, ‘नागरिकता पनि दिने भिसा पनि लगाउने ?’
यसअघि विनोद कुँवरसहितका गैरआवासीय नेपालीहरुको एक समूहले शाहीलाई यसबारे ध्यानाकर्षण समेत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही