काठमाडौ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले वंशजको नागरिकता जसले पाएको छ, उसको नागरिकता क्यान्सिल गर्न नहुने बताएका छन् ।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफलका लागि पेस गरेको प्रस्तावउपर छलफलका क्रममा शाहीले एक पटकको नेपाली सदाको नेपाली हुनुपर्ने बताए ।
‘वंशजको आधारमा ज–जसले नागरिकता पाएका छन् । विदेशको नागरिकता लिएपनि तिनीहरुको नागरिकता क्यान्सिल गर्नु हुँदैन । किनकी तिनैका पुर्खाले बनाएको देश हो यो । र, आज हामी त्यही इतिहासमा उभिएर नेपालको सांसद, प्रधानमन्त्री र गृहमन्त्री भएको हो’, उनले भने ।
उनले जबजब देशमा क्रान्ति नाममा व्यवस्था परिवर्तन हुन्छ त्यसपछि वंशजको नागरिकता पाउनेको खोस्ने सरकारले विदेशीलाई चाहिँ नागरिकता बाँड्ने सौदाबाजी गर्ने गरेको जिकिर गरे ।
आज एनआरएनएहरुले नेपालमा खर्बौँ लगानी गर्न चाहिरहेपनि नेपालको नागरिकता समेत नहुँदा समस्या भएको बताए । ‘नागरिकता दिएको छ खास्टो, जसले फेरि नि भिसा लगाउनुसपर्छ । संसारको कुन देशमा हुन्छ हो त्यस्तो ?’, उनले भने, ‘नागरिकता पनि दिने भिसा पनि लगाउने ?’
यसअघि विनोद कुँवरसहितका गैरआवासीय नेपालीहरुको एक समूहले शाहीलाई यसबारे ध्यानाकर्षण समेत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्यो : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
मलाई सिंहदरबारभित्र बन्धक बनाइएको छः ज्ञानेन्द्र शाही
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित