बामाको । पश्चिम अफ्रिकी देश मालीमा अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । एएफपीको रिपोर्टअनुसार स्थानीय अधिकारी र स्रोतहरूले यसबारे जानकारी दिएका हुन् ।
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक हो, यहाँका खानीहरूमा यस्ता दुर्घटनाहरू प्रायः भइरहन्छन् । यो दुर्घटना भने शनिबार साँझ भएको समाचारहरूमा जनाइएको छ।
मृत्यु हुनेको संख्या ४८ रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँको केनिबा सुन खानी संघले जनाएको छ। खानीमा हराइरहेका अन्य मानिसहरूको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख छ। उक्त सुनखानी चिनियाँ कम्पनीले चलाउने गरेको थियो ।
माली संसारको गरिब देशमध्ये एक हो । यहाँ अवैध रुपमा अनेकौं खानी चलिरहेका छन् । यी खानी नियन्त्रण गर्न त्यहाँको सरकारलाई निकै ठुलो चुनौती छ। जनवरीमा पनि मालीको एक खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने धेरै जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु