बामाको । पश्चिम अफ्रिकी देश मालीमा अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । एएफपीको रिपोर्टअनुसार स्थानीय अधिकारी र स्रोतहरूले यसबारे जानकारी दिएका हुन् ।
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक हो, यहाँका खानीहरूमा यस्ता दुर्घटनाहरू प्रायः भइरहन्छन् । यो दुर्घटना भने शनिबार साँझ भएको समाचारहरूमा जनाइएको छ।
मृत्यु हुनेको संख्या ४८ रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँको केनिबा सुन खानी संघले जनाएको छ। खानीमा हराइरहेका अन्य मानिसहरूको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख छ। उक्त सुनखानी चिनियाँ कम्पनीले चलाउने गरेको थियो ।
माली संसारको गरिब देशमध्ये एक हो । यहाँ अवैध रुपमा अनेकौं खानी चलिरहेका छन् । यी खानी नियन्त्रण गर्न त्यहाँको सरकारलाई निकै ठुलो चुनौती छ। जनवरीमा पनि मालीको एक खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने धेरै जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु