काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आजका लागि तोकिएको छ ।
गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
अर्यालले निवेदनमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् ।
निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर समेत स्मरण गराएका छन् ।
संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो ।
अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने