काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
ठक्कर दिने गाडीका चालक भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु