काठमाडौं । दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
१४ वर्षीया ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ