सल्यान । सल्यानको शारदा नगरपालिका श्रीनगर बजारमा जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी भएको छ। गएराति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार माघ १८ गतेबाट जारी महोत्सवमा शनिबार राति आगलागी हुँला ८० वटा स्टल जलेर नष्ट भएका छन्।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले महोत्सवको आयोजना गरेको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सहयोगमा आगोलाई नियन्त्रणमा लिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति