धनगढी । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रीत जागरण भेला आयोजना गरेको हुन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रुपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् । उनले भने, ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दैछौ । भेलामा जुनसुकै दलमा आवद्ध रहेका देशभक्त नागरिकहरुलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु ।’
यसैविच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका हुन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरंकुश र स्वच्छेचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे । त्यस्तै, उनले स्थिर सरकार र संविधान संशोधनको लागि काँग्रेस र एमाले मिलेको भनी ती दलहरुले जनतासँग झुठो बोलेको समेत टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै