काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिले आज दिएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । उनले नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए ।
प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक रु छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्योगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए । ती संस्थाहरूले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्ने लगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली
एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो: प्रधानमन्त्री
केही स्वार्थीहरुलाई एमालेको महाधिवेशन लागेको छ, हाम्रो मिसन २०८४ हो : प्रधानमन्त्री ओली
जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली